• Insurance Workshop

परिचय

देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न, विदेशी मुद्राको व्ययभार रोक्न तथा दक्ष व्यवसायिक बीमा कम्पनी स्थापना गर्न नेपाली सरकारले गरेको निर्णय अनुरूप २०२४ पौष १ गते प्राइभेट कम्पनीको रूपमा स्थापना भई राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तर्गत संस्थानको रूपमा २०२५ साल पौष १ गते परिणत भएको हो । यस संस्थानले आजसम्मको कार्यकालमा नेपाल सरकारले लिएको लक्ष्य तथा उद्देश्य अनुरूप   नै कार्य गर्न र उच्च प्रतिफल दिन सफल भएको छ । संस्थानले नेपाली बीमा बजारमा दक्ष जनशक्ति फिँजाएको छ ।जीवन बीमाको क्षेत्रमा अग्रणी र विश्वासनीय सस्थाको रुपमा संस्थान पर्याय बनेको छ ।

हाम्रो सेवाहरु

जीवन बीमा

मानिसको जीवन अमूल्य हुन्छ र त्यसलाई तौलन सकिँदैन । तर मानिसको आकस्मिक अशक्तता वा मृत्युले उसको परिवारलाई विचल्ली पार्न सक्दछ । परिवारको कमाउने सदस्यको मृत्यु भएमा निजको आश्रित परिवारलाई जीवन धान्न सहज बनाउने काममा जीवन बीमाले सहयोग गर्दछ । जीवनमा कमाउने उमेर सधैँ रहँदैन । त्यसैले कमाउन सक्ने उमेरमा कमाएको रकममध्ये केही रकम बचत गरी जीवन बीमा गर्दा बृद्धावस्थामा जीवन सहज बनाउन अतिरिक्त आड भरोसा दिन्छ । त्यस्तै बालबच्चाको भविष्यको लागि जीवन बीमा महत्वपूर्ण हुनसक्छ । कर्मचारीले आफू काम गर्ने संस्थाबाट कर्जा प्राप्त गर्दा पनि कर्जाको सुरक्षण बापत जीवन बीमा गरेर भविष्यका लागि निश्चिन्त हुन सकिन्छ । जीवन बीमा गर्दा आफ्नो आम्दानीमा लाग्ने करमा रू. २०,०००।– सम्मको तिरिएको बीमाशुल्कमा आयकर छुट पाइन्छ ।

सावधिक जीवन बीमा

बालबच्चाको शिक्षा तथा विवाह सावधिक जीवन बीमा

अग्रिम भुक्तानी जीवन बीमा

आजीवन जीवन बीमा

‘जीवन सुरक्षा’ सावधिक जीवन बीमा

बालबच्चाको सावधिक जीवन बीमा

पति–पत्नीको संयुक्त जीवन बीमा ‘जीवन साथी’

बालबच्चाको जीवन बीमालेख ‘वात्सल्य’

म्यादी जीवन बीमा

‘जीवन बन्धुु’ दोहोरो लाभ जीवन बीमा

सामूहिक सावधिक जीवन बीमा