Latest News
परिचय
देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न, विदेशी मुद्राको व्ययभार रोक्न तथा दक्ष व्यवसायिक बीमा कम्पनी स्थापना गर्न नेपाली सरकारले गरेको निर्णय अनुरूप २०२४ पौष १ गते प्राइभेट कम्पनीको रूपमा स्थापना भई राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तर्गत संस्थानको रूपमा २०२५ साल पौष १ गते परिणत भएको हो । यस संस्थानले आजसम्मको कार्यकालमा नेपाल सरकारले लिएको लक्ष्य तथा उद्देश्य अनुरूप नै कार्य गर्न र उच्च प्रतिफल दिन सफल भएको छ । संस्थानले नेपाली बीमा बजारमा दक्ष जनशक्ति फिँजाएको छ ।जीवन बीमाको क्षेत्रमा अग्रणी र विश्वासनीय सस्थाको रुपमा संस्थान पर्याय बनेको छ ।
Vacancy
-
- खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपुर्ति गर्ने सम्बन्धी सूचना
- तह ४ सहायक 'ख' पदको पाठ्यक्रम
- तह ६ सहायक व्यवस्थापक पदकाे पाठ्यक्रम
- दरखास्त फारम (खुला/आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि)
- मूल्याङ्कन बढुवाको लागि दरखास्त फारम भर्ने सम्बन्धी सूचना
- आन्तरिक प्रतियोगितात्मक परीक्षाको दरखास्त फारम भर्ने सम्बन्धी सूचना
समाचार गतिबिधी
हाम्रो सेवाहरु
जीवन बीमा
मानिसको जीवन अमूल्य हुन्छ र त्यसलाई तौलन सकिँदैन । तर मानिसको आकस्मिक अशक्तता वा मृत्युले उसको परिवारलाई विचल्ली पार्न सक्दछ । परिवारको कमाउने सदस्यको मृत्यु भएमा निजको आश्रित परिवारलाई जीवन धान्न सहज बनाउने काममा जीवन बीमाले सहयोग गर्दछ । जीवनमा कमाउने उमेर सधैँ रहँदैन । त्यसैले कमाउन सक्ने उमेरमा कमाएको रकममध्ये केही रकम बचत गरी जीवन बीमा गर्दा बृद्धावस्थामा जीवन सहज बनाउन अतिरिक्त आड भरोसा दिन्छ । त्यस्तै बालबच्चाको भविष्यको लागि जीवन बीमा महत्वपूर्ण हुनसक्छ । कर्मचारीले आफू काम गर्ने संस्थाबाट कर्जा प्राप्त गर्दा पनि कर्जाको सुरक्षण बापत जीवन बीमा गरेर भविष्यका लागि निश्चिन्त हुन सकिन्छ । जीवन बीमा गर्दा आफ्नो आम्दानीमा लाग्ने करमा रू. २०,०००।– सम्मको तिरिएको बीमाशुल्कमा आयकर छुट पाइन्छ ।


