देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न, विदेशी मुद्राको व्ययभार रोक्न तथा दक्ष व्यवसायिक बीमा कम्पनी स्थापना गर्न नेपाली सरकारले गरेको निर्णय अनुरूप २०२४ पौष १ गते प्राइभेट कम्पनीको रूपमा स्थापना भई राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तर्गत संस्थानको रूपमा २०२५ साल पौष १ गते परिणत भएको हो । यस संस्थानले आजसम्मको कार्यकालमा नेपाल सरकारले लिएको लक्ष्य तथा उद्देश्य अनुरूप नै कार्य गर्न र उच्च प्रतिफल दिन सफल भएको छ । संस्थानले नेपाली बीमा बजारमा दक्ष जनशक्ति फिँजाएको छ । जीवन बीमाको क्षेत्रमा अग्रणी र विश्वासनीय सस्थाको रुपमा संस्थान पर्याय बनेको छ ।
जीवन बीमा गर्दा स्वास्थ्य परीक्षण गर्नु नपर्ने अवस्था
- कुनै पनि उमेर समूहको प्रस्तावकको लागि बीमांक रकम रू. ५,००,००० सम्म
- ५५ वर्षसम्मको उमेर समूहको प्रस्तावकका लागि बीमांक रकम रू. १०,००,००० सम्म
- ४५ वर्षसम्मको उमे समूहको प्रस्तावकका लागि बीमांक रकम रू. १५,००,००० सम्म
जीवन बीमाशुल्क बुझाउने व्यवस्था
- राष्ट्रिय बीमा संस्थानमा जीवन बीमा गर्नुहुने बीमितहरुले निम्नानुसारको ब्द्यद्यक् बैंक खातामा आप्mनो बीमाशुल्क जम्मा गर्ने व्यवस्था गरिएको छ–
- राष्ट्रिय बाणिज्य बैंक (कुनै पनि शाखा) खाता नं. १०९००६६२२००१
- नेपाल बैंक लिमिटेड (कुनै पनि शाखा) खाता नं. ००२००१००५०२४०२०००००३
- प्रभु बैंक लिमिटेड (कुनै पनि शाखा) खाता नं. ००१११६००००४३९४०००००४